• २०८३ जेष्ठ २० गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १६, काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका-१० बस्ने २६ बर्षीय बिशाल परियारलाई बुधबार राति पक्राउ गरेको हो ।

परियारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै बर्दिया, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-९ भिमापुर स्वास्थ्य चौकीमा कार्यरत अहेब बाँके डुडुवा गाउपालिका-२ बाबागाउँ घर भएका ३० वर्षीय मंगल प्रसाद यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २६ गते यादवले ती महिलाको कोठामा गई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने प्राप्त जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको हो ।

यसैगरी बर्दिया, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गेरुवा गाँउपालिका-५ बस्ने २० वर्षीय सन्तोष टमटालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । टमटाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै महोत्तरी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शम्सी गाँउपालिका-५ बस्ने ३० वर्षीय लक्ष्मण ठाकुरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस