• २०८२ असार ५ गते बिहिवार

माधव नेपाललाई देउवा-प्रचण्डकै सहयोगी बन्‍न नरोकौँ : सूर्य थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगी बन्न छाड्नुपर्ने बताएका छन्।

थापाले ट्विटरमा लेखेका छन्, ‘अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिओैं, नरोकौँ।’ पार्टीमा क्षमायाचना गरेर सुध्रिएर भविष्यमा पार्टी घात र गद्दारी गर्नेछैन भन्न छाडेर पार्टीविरुद्ध लागेको उनको भनाइ छ।

अगाडि लेखेका छन्, ‘प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्तो पार्टी घात र गद्दारी गर्नेछैन भन्नु त कहाँ हो कहाँ? कार्यदलको प्रतिफल १० बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे!’

प्रतिक्रिया दिनुहोस