• २०८३ बैशाख ४ गते शुक्रवार

३३ किलो सुनकाण्डका फरार ‘भोजे मामा’ गौशालाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, काठमाण्डौं । ३३ किलो सुनकाण्डका फरार एक जना प्रतिवादीलाई काठमाडौंको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘भोजे मामा’ भन्ने भोजराज भण्डारीलाई शुक्रबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस