• २०८३ बैशाख १७ गते बिहिवार

नेपालको कूल गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८,काठमाडौँ। विश्व बैंकले आर्थिक वर्ष २०२१र२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२३ मा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले पुनर्उत्थान हुने पनि जनाएको छ ।

विश्व बैंकले दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने आंकलन गरेको छ । बैंकले बुधबार विज्ञप्ती जारी गर्दै नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । जीडीपीको आकार बृद्घि हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको विश्व बैंकले उल्लेख गरेकोछ ।

विश्व बैंकले दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोभिड–१९ विरुद्धको भ्याक्सिनका अभियानको कारण भएको जनाएको छ । साथै दक्षिण एसिया मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा राखेकोले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पुर्‍याएको विश्व बैंकको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस