चैत १८, रोल्पा । रोल्पाको थबाङ गाउँपालिकामा गाउँपालिकास्तरको पहिलो राष्ट्रपती रनीङ शिल्ड हिजोबाट सुरु भएको छ । गाउँपालिका स्थापना भएदेखि थबाङ गाउँपालिकाले पहिलो पटक राष्ट्रपती रनिङ शिल्डको आयोजना गरेको हो ।

शिल्डको थबाङ गाउँपालिका वडा नम्बर १ मा रहेको बिर बलभद्र नमुना माध्यामिक विद्यालयमा आज विधिवत रुपमा उद्धघाटन गरिएको छ । शिल्डको रोल्पाबाट निर्वाचित प्रदेशसभाका सदस्य दिपेन्द्रकुमार पुन९सिजल० र थबाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो । थबाङ गाउँपालिकाले गाउँपालिकास्तरमै पहिलो पटक आयोजना गरेको शिल्डमा गाउँपालिककाभरका ३ माध्यामीक र ३ वटा आधारभूत गरी ६ वटा विद्यालयले सहभागीता जनाएका छन् । आधारभूत विद्यालयमा दुई सामुदायिक हुन भने एउटा संस्थागत विद्यालय हो ।

२० गतेसम्म चल्ने शिल्डमा भलिबल, कबड्डी, तेकान्दो र एथ्लेटिक्स अन्तर्गतका खेलहरु सञ्चालन हुने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनबहादुर ओलीले जानकारी दिनुभएको छ । उहाँकाअनुसार एथ्लेटिक्सअन्तर्ग १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटरका दौड प्रतियोगिता हुनेछन् । यसैगरी रिलेमा ४ इन्टु १००, ४ इन्टु ४०० मिटरको दौडसँगै फिल्डतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यब्लिङ थ्रोलगाएतका खेलहरु सञ्चालन गरिने शाखाप्रमुख ओलीले बताउनुभयो । यसैगरी आधारभूतर्फ हाजिरीजवाफसँगै छात्र कबड्डी, छात्रछात्रा भलिबल प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्तीको अध्यक्षतामा भएको पहिलो राष्ट्रपती रनिङ शिल्डमा रोल्पाबाट निर्वाचित प्रतिनीधिसभाका सदस्य दिपेन्द्रकुमार पुनको प्रमुख आतीथ्यता वरहेको थियो । कार्यक्रममा गाउँपालिका उपाधयक्ष रामकीरणी रोका मगर, २ नम्बरका वडाध्यक्ष बसन्त रोका, ३ नम्बर वडाध्यक्ष भिमबहादुर रोका, ४ नम्बरका वडाध्यक्ष उदिम घर्तीलगाएतको आतीथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रनितीधि, विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, विद्यार्थी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनबहादुर ओलीको स्वागत मन्तव्य गरेको शिल्ड उद्धघाटन कार्यक्रमको सञ्चालन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकित अधिकृत नर रावतले गर्नुभएको थियो ।



