• २०८३ बैशाख २९ गते मङ्गलवार

एटीम ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौँ। एटिम मेसिन ह्याक गरी पैसा निकाल्न खोजेको आरोपमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो ।

उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्‍न बैंकको १० था एटीएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस