• २०८३ बैशाख २५ गते शुक्रवार

दाङमा भरुवा बन्दुक सहित ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, दाङ । घोराही उपमहानगरपालिका-१३ चंखेलिबाट ४ थान भरुवा बन्दुक सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र सोही उपमहानगरपालिका-१२ गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर बिष्ट रहेका छन् ।

विशेष सूचनाको आधार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । खोटाङ, जन्तेढुंगा गाउँपालिका-२ खोपापाखा जंगलमा खरघारीभित्र बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको २ थान भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस