• २०८३ बैशाख १४ गते सोमवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागका थोरै र तराईका अधिकांश भूभागहरुमा हुस्सुरकुहिरो लागेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो प्रदेश नम्बर–१ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस