• २०८३ जेष्ठ ९ गते शनिवार

कवि शिरोमणिको १३८औँ जन्मजयन्ती

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालको १३८औँ जन्मजयन्ती उहाँको जन्मस्थल अर्घौ अर्चलेमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जन्मजयन्तीका अवसरमा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने लेखनाथ साहित्य पुरस्कार २०७७ र २०७८ बाट साहित्यकारद्वय सरुभक्त र रमेश खकुरेललाई जनही रु ५० हजार तथा सम्मानपत्र प्रदान गरियो ।

लेखनाथ पत्रकार मञ्चद्वारा प्रदान गरिने रु ११ हजार १११ राशिको लेखनाथ पत्रकारिता पुरस्कार पत्रकार भीमपाणि बराललाई सम्मानित गरिएको थियो । उक्त अवसरमा कुन्तिदेवी छात्रवृत्ति, चन्द्रकान्त, मधुमाया, फणिन्द्रकुमारी ढकाल शिक्षा पुरस्कार पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष लामिछाने, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेय, सम्मानित व्यक्तित्व साहित्यकार सरुभक्त, खकुरेल र बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललगायतले कवि शिरोमणि लेखनाथको साहित्यिक योगदान लगायतमा बोल्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस