• २०८३ असोज १० गते शनिवार

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ ।

न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । बारले मंगलबार सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो ।

धर्नापछि बारमा आयोजित सभामा बारका महासचिव लिलामणि पौडेलले सर्वोच्चमा मंसिर १५ गतेदेखि लागु हुन लागेको गोलाप्रथाको स्वागत गरे । उनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागु नभएकाले सो स्थानमा कालोपट्टी बाँधेर काम गर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस