• २०८३ बैशाख ११ गते शुक्रवार

भारतमा कोभिड-१९ का १४,३१३ नयाँ बिरामी थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १३ , नयाँ दिल्ली । भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४,२६०,४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४,३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।

यसबाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा १६१,५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन् । यो सङ्गै निको हुनेको सङ्ख्या ३३,६४१,१७५ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस