• २०८३ जेष्ठ ३० गते शनिवार

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ : मन्त्री रिजाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, धनकुटा । रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।

धनकुटामा आज नेपाली कांग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीको आसन्न महाधिवेशनमा सकेसम्म सहमति गर्नुपर्नेमा जोड दिँदै सहमति हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट कुशल नेतृत्व छनोट गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसले मुलुकको नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्नुपर्नेमा मन्त्री रिजालको जोड थियो ।

उहाँले पार्टीभित्र नेतृत्वको हिसाबले नयाँ पालुवा नपलाउँदा देशभर नेता कार्यकर्तामा चिन्ता बढेको भन्दै अबको चुनावबाट सबै नेता कार्यकर्ताको सम्मान गर्न र पार्टीलाई सबल बनाउने गरी वातावरण बनाउनुपर्ने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस