• २०८३ बैशाख ९ गते बुधवार

एमालेलाई जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्न आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । ‘सर्वदलीय’ बैठकले नेकपा (एमाले) सहमतिबाट भाग्न खोजेको निष्कर्ष निकाल्दै जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।आज प्रधानमन्त्री शेरबहादु्र देउवाले डाकेको सर्वदलीय बैठकले यसअघि सभामुखले बोलाएको सर्वपक्षीय बैठकमा पनि एमाले अनुपस्थित भएको भन्दै सहमतिको आवश्यकताका बेला एमालेले फरक बाटो अंगीकार गरेको निष्कर्ष निकालेको हो ।

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, “प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दल सहभागी हुनुभयो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएन,” “यसअघि, सभामुखले बोलाएको सर्वपक्षीय बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुभएको थियो ।”

प्रधानमन्त्री देउवाले आजको बैठकमा एमाले नआए पनि अबका बैठकमा पनि आमन्त्रण गर्ने भन्दै एमालेबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको बताएको उनले जानकारी दिए । “आज नआए पनि हामी फेरिफेरिका बैठकमा उहाँहरूलाई बोलाउँछौँ भनेर सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ,” मन्त्री कार्कीले भने, “संघीय संसद्लाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० र यसका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक रूपमा भूमिका निर्वाह गर्न बैठकले अपिल गरेको छ ।”

Sharing

प्रतिक्रिया दिनुहोस