साउन १५, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थली –२ भेडीगोठमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बिहान जरङ्गखुदेखि काभ्रेस्थली जाँदै गरेको बा ४ ख ८२८६ नम्बरको बस अनियन्त्रित भई बाटोबाट ५० मिटर तल खसेको हो ।
दुर्घटनामा परि घाइते भएका बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको र्धमस्थलीका प्रहरी निरीक्षक पदम अवस्थीले जानकारी दिएका छन् । घाईतेको अवर्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
घुम्टी बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ।