• २०८३ असार १५ गते सोमवार

टोकियो ओलम्पिकमा सरस्वती चौधरी छनौट चरणबाटै बाहिरिइन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । टोकियो ओलम्पिक-२०२० अन्तरगत नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको १०० मिटरको महिला दौड प्रतिष्पर्धामा नेपालकी सरस्वती चौधरीले यसअघि साफमा आँफैले बनाएको किर्तिमान समेत कायम राख्न नसकि बाहिरिएकि हुन ।

छनौट चरणको ९ जना सम्मिलित प्रतिष्पर्धामा सरस्वती आठौं भएकी थिइन । साफको महिला १०० मिटर दौडमा उनको रेकर्ड १२:५५ सेकेण्ड रहेकोमा आज १२: ९१ सेकेण्ड सो दुरी पार गरेकी थिइन् । छनौट चरणमा उनले तेश्रो स्थानसम्म कायम गर्न सकेको भए प्रतिष्पर्धाको सेकेण्ड हिटमा मौका पाउने थिइन ।

युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिकमा सहभागी सरस्वतीको आजको प्रतिष्पर्धा अन्तिम हो ।

Sharing

प्रतिक्रिया दिनुहोस