आषाढ १६, काठमाडौं । नेकपा एमालेले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समिति खारेज गरेर केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

१० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।