असार १६, काठमाडौं । पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८ सय ९२ जना संक्रमित संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ११ हजार ५६८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको कुल संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ । भने ३ हजार ५९७ जना डिस्चार्ज भए सँगै डिस्चार्ज हुनेहरुको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ३२ हजार ९४४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।