• २०८३ जेष्ठ २ गते शनिवार

इप्रका कोहलपुर प्रहरीको सवारी चलाउदा अनिवार्य मास्क लगाउ अभियान

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असार १६, बाँके । इप्रका कोहलपुर प्रहरीको सवारी चलाउदा अनिवार्य मास्क लगाउ अभियान सुरू गरेकाे छ । असार १५ गतेदेखि बाँके जिल्लामा जोर बिजोर सार्वजनिक यातायातका सवारी साधन संचालन गर्न पाउने प्रशासनको निर्देशन अनुसार सबै बजार तथा वडा एरिया अन्य क्षेत्रमा स्वास्थ मापदण्ड उल्लंघन हुन सक्ने भएकाले उक्त अभियान सञ्चालन गरिएकाे हाे ।

No description available.

इप्रका कोहलपुरले सबै बजार तथा वडा एरिया र अन्य क्षेत्रमा स्वास्थ मापदण्ड उल्लंघन हुदाँ कोभिड फैलन सक्ने कुरालाई मध्यनजर गर्दै अनिवार्य no mask no drive अभियान कार्यक्रम सञ्चालन गरेकाे हाे । सडकमा रहेकाे प्रत्येक सवारी साधनहरुलाई अनिवार्य मास्क लगाउन अनुरोध गर्दै “no mask no drive” लेखेको पोस्टर चित्र सहित सवारी साधनमा टासिएकाे छ । कुनैपनि सार्वजनिक सवारी साधन प्रयोगकर्ता, चालक एवं सहचालक स्वयमले सो पोस्टर देख्दा मनोबैज्ञानिक रुपमै उनिहरू समेत मास्क प्रयोग गर्ने तयार हुने र मास्क नलगाएरसम्म यात्रुहरु समेत सो सवारी साधन चढ्ने अयोग्य रहेको जानकारी दिन अभियान चलाइएकाे हाे । मास्क लगाएका यात्रुहरु मात्र चढाउने काम सवारी साधन चलाउने चालक कै कर्तव्य रहेको हुनाले लकडाउनको पालना गराउने उदेश्यले ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले विभिन्न कार्यक्रमहरु बेला बेलामा संचालन पनि गर्दै आएको छ ।

मास्क नभएका सार्वजनिक स्थानमा हिड्ने पैदल यात्रुलाई बुझ्ने प्रयोजनले उद्योग बाणिज्य संघ कोहलपुरले समेत मास्क हस्तान्तरण गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस