असार १६, ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक सब इन्जिनियर घुससहित पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार प्राविधिक सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सब(इन्जिनियर राजन पासवानलाई पक्राउ गरेको हो ।
पासवानले असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै ३० हजार रुपैयाँ लिएका थिए । सिद्धिचरण नगरपालिका वडा नम्बर एकमा कार्यरत पासवानलाई पक्राउ गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको प्रहरीले जनाएको छ ।