असार १६, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको अवसर पारी गाउँपालिका भित्र रहेका उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । मङ्गलबारका दिन गाउँपालिका भित्रका ११ जना उत्कृष्ट कृषकहरुलाई सम्मान गरेको हो ।

सम्मान हुनुहुनेमा तरारी खेतीमा सर्वोत्कृष्ट कृषकमा वडा नं ६ का इन्द्र बहादुर थापा, बाख्रा पालनमा वडा नं ४ नेत्र बहादुर महरा, तरकारी खेतीमा वडा नं ७ का टेक बहादुर पुन, खाद्यान्नबाली (मास खेती)मा वडा नं २ का गिरीराज गिरी, च्याउ खेतिमा वडा नं ३ का भुन्टे विष्ट, फलफुल खेतीमा वडा नं ५ का टुक बहादुर खत्रीले प्रथम स्थान हासिल गर्नुभएको छ ।, त्यसैगरी बङ्गुर पालनमा वडा नं ४ का नमराज घर्तीमगर, तरकारी खेतीमा वडा नं ४ का रुपलाल महरा, च्याउ खेतीमा वडा नं ४ का कुमारी पुनमगर, तरकारी खेतीमा वडा नं ८ का गिर बहादुर घर्तीमगर र बाख्रापालनमा वडा नं ६ का रुद्र बहादुर थापाले द्धतिय स्थान हासिल गर्नुभएको छ । उत्कृष्ट कृषकहरुलाइ नगर, प्रमाणपत्र तथा खाधा लगाइ सम्मान गरिएको थियो ।
त्यसैगरि मङ्गलबार वडा नं २ गोगनपानीमा १ दिने पशु स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ ।