• २०८३ जेष्ठ २६ गते मङ्गलवार

भेनेजुएलामा कोरोनाविरुद्धको खोप अभियान शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, एजेन्सी। भेनेजुएलामा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । सिन्ह्वाका अनुसार राजधानी काराकासमा सरकारी अधिकारीले व्यापक खोप अभियान शुरु गरेका हुन् ।

भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको सिन्ह्वाले जनाएको छ । क्युबा र भेनेजुएलाबीच भएको एक करोड २० लाख डोज खोप सम्झौता अनुसार झण्डै ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनुपर्छ ।

पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला पुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस