• २०८३ जेष्ठ ४ गते सोमवार

त्रिवि खेलकूद निर्देशनालयका निर्देशक शंकर भण्डारीको दुर्घटनामा निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, रुपन्देही । त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशकसमेत रहेका सहप्राध्यापक शंकर भण्डारीको रूपन्देहीको देवदहमा मंगलबार बेलुकी भएको सवारी दुर्घटना निधन भएको छ।रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको हो ।

सडक छेउको कल्भर्टमा कार ठक्कर खाएर पानी तालिएको रहमा खसेको थियो। मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो। दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

भण्डारीसँगै आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको छ । भण्डारी गत वर्ष निधन भएका आफ्ना बाबु ईश्वरीप्रसाद भण्डारीको वार्षिकी र रूद्री पूजा सकेर फर्कंदै गर्दा दुर्घटनामा परेका थिए। रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस