• २०८३ कार्तिक १२ गते बुधवार

नेपाली फुटबल टोली कुवेत प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १६, काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो ।

नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको बताउनुभयो । नेपालले आगामी ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सबै खेल कुवेतको ‘जबिर अल अहमद अन्तराष्ट्रिय स्टेडियम’मा खेल्नेछ। नेपाल आफ्नो समूह ‘बी’ को चौथौं स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस