• २०८३ बैशाख ९ गते बुधवार

कांग्रेसले वेवसाइटबाट सार्वजनिक गर्‍यो, थप १६ जिल्लाका क्रियाशील सदस्यको नाम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गरेको छ। यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरेको थियो।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट www.nepalicongress.org मा क्रियाशीलको विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएका नामका उपर कुनै उजुरी वा गुनासा भएमा info@nepalicongress.org मा लिखित उजुरी दिन सकिने कांग्रेसले जनाएको छ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस