बैशाख १७, गुल्मी । गुल्मीमा शनिवार रातिदेखि एकसाताका लागि निषेधाज्ञा गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले बैशाख १८ गते शनिवार राती १२ बजेदेखी बैशाख २५ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा गरिएको हो । यो अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पनर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको जिल्ला प्रशानसन कार्यालय गुल्मी प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।
निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।