• २०८३ बैशाख १६ गते बुधवार

थप ५ जिल्लामा निषेधाज्ञा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौँ । कोरोना महामारीको जोखिम बढेपछि थप ५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा शनिबारदेखि र रुकुम पश्‍चिम, डडेल्धुरा र झापाले आइतबारदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेका हुन् ।

ती क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि र जाजरकोटमा शनिबार १८ देखि २५ गतेसम्म, रुकुम पश्‍चिममा आइतबारदेखि ३१ गतेसम्म, डडेलधुरामा २५ गतेसम्म र झापामा २६ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो । यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, कैलाली, पर्सा, दाङ, कञ्‍चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा जिल्लाभर र बागलुङ, कालीकोट, बर्दियाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रमा सक्रिय संक्रमित ५ सय र हिमाली र पहाडी जिल्लामा २ सय सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही आधारमा हरेक दिन निषेधाज्ञा जारी हुने जिल्लाको संख्या बढ्दै गएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस