• २०८३ जेष्ठ २१ गते बिहिवार

दाङमा आजदेखि लकडाउन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, दाङ । दाङमा आज बिहान ६ बजेदेखि लकडाउन सुरु भएको छ । कोरोनाको नयाँँ भेरियन्टसहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो ।

गएको मंगलवार घोराहीमा भएको सर्वदलीय बैठकले आजदेखि आउँदो २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो । दाङमा लकडाउनको प्रभाव बिहानैदेखि देखिएको छ भने बजार, यातायात सबै सुनसान भएको छ ।

लकडाउनको समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने भएको छ । कोरोना महामारीकाबीच खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ । वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।

Sharing

प्रतिक्रिया दिनुहोस