चैत १७,काठमाडौँ। नेकपा(एमाले) ले पार्टी पंक्तिमा ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ । पार्टीको गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो ।
मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेकाले सोको आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयनका लागि सम्पूर्ण पार्टी पङ्क्तिमा निर्देशन जारी गरिएको सर्कुलरमा भनिएको छ ।
https://drive.google.com/file/d/1gfSgP1seimxbVErf7WHd0VC5mTa0_cA4/view