• २०८३ बैशाख ६ गते आइतवार

नेता विष्णुबहादुर मानन्धरको अन्तिम बिदाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७,काठमाडौँ । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज अन्तिम संस्कार गरिएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ  निधन भएको हो ।

पशुपति आर्यघाटमा नेता मानन्धरलाई अन्तिम बिदाइ गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरालगायतको उपस्थिति रहेको थियो । उनको श्रीमतीको सात वर्षअघि निधन भएको थियो । उनका छोरा सुनिल मानन्धर नेकपा ९माओवादी केन्द्र० का नेता छन् । यस्तै, उनका तीन छोरी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस