• २०८३ बैशाख ६ गते आइतवार

नेपालको कुनैपनि ठाँउबाट गोरु ढुवानी गर्न पाइन्छ : पशु डाक्टर न्युरे

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, दाङ । गुणस्तर खानेकुरामा स्वस्थ पशुपंक्षी प्रयोगमा ल्याउन दाङको घोराहीमा सम्पन्न एक कार्यक्रममा बोल्दै पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका वरिष्ठ पशु चिकित्सक भक्त न्युरेले आवश्यक नीति नियम अपनाएर मात्र पशुपंक्षी ढुवानी तथा ओसारपसार गर्न सुझाव दिएका छन् । बिगत केही समय पहिले रुपन्देहीमा कट्टर हिन्दूवादी युवाहरुले गाईगोरु ढुवानी गरेको एउटा मालवाहक सवारीसाधन आफ्नो कब्जामा लिएको प्रसङ्गमा वरिष्ठ पशु चिकित्सक डाक्टर न्युरेले यस्तो भनेका हुन ।

उनले आवश्यक प्रकृया पुर्‍याएर लगिएका त्यस्ता कुनैपनि गाडीहरूसँग त्यस्तो व्यवहार नगर्न सम्बन्धित पक्षलाई सल्लाह दिए । भारतबाट ल्याउने कुरालाई निरुत्साहित गर्नुपर्ने र देशको एउटा भूभागमा तयार भएका त्यस्ता पशु तथा पंक्षीहरु अन्य कुनै पनि भागमा आवश्यक प्रक्रिया पूरा गरेर लग्न सकिने नेपाल सरकारले व्यवस्था गरिदिएको हुँदा त्यसतर्फ सबैले ख्याल गर्नुपर्ने उनको तर्क थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस