• २०८३ बैशाख ८ गते मङ्गलवार

जयपृथ्वी राजमार्गको विकल्प खोजिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, बझाङ । वर्षासँगै आएको बाढीले जयपृथ्वी राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि वैकल्पिक मार्गको खोजी हुन थालेको छ । दुई हप्तासम्म सो सडक सञ्चालनमा नआएपछि पानकोट–गोलाइ–सुतिया–मालुमेला–झनाना सडक र भाँडेबगर–मेल्लेख–नौरा–चैनपुर सडक सञ्चालनमा ल्याउन पहल थालिएको छ ।

केदारस्युँ –१ नारूगौडा खोलामा रहेको चट्टान फुटाएर वैकल्पिक सडक प्रयोग गर्ने प्रयास भइरहेको छ । छविसपाथिभेरा–१ जालेबगरमा तत्काल सम्भव नभएपछि वैकल्पिक सडकको खोजी सुरु भएको हो । छबिसपाथिभेरा गाउँपालिकाले भाँडेबाट ब्यासी, मेल्लेक हुँदै सुवेडा जोड्ने सडक मर्मत गरिसकेको गाउँपालिका अध्यक्ष अक्कल धामीले जानकारी दिनुभयो ।

अहिले जयपृथ्वी राजमार्ग बन्द हुँदा बझाङ सदरमुकाम चैनपुरलगायत साना ठूला बजारमा तरकारी, इन्धन, खाद्यान्नलगायतको अभाव हुनुका साथै चर्को मूल्यवृद्धि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस