• २०८३ जेष्ठ २४ गते आइतवार

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो ।

स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए ।

जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ , कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस