• २०८३ बैशाख ८ गते मङ्गलवार

दाङको तुल्सीपुरमा चक्कु प्रहारबाट १ जना घाइते

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ १३, दाङ । तुल्सीपुरमा शनिबार बेलुका ६ बजेतिर सामान्य विवादमा चक्कु प्रहार हुदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । तुलसीपुर ५ बसपार्क स्थित २२ वर्षीय सुदेश न्यौपानेले सोही ठाउँका १८ वर्षिय पवन वलीलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।

घाइते वलीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ । भने चक्कु प्रहार गर्ने न्यौपानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । साथै उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको डिएसपी रिजालले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस