• २०८३ बैशाख ५ गते शनिवार

पाल्पामा घर भत्किँदा बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १३ काठमाडौं । अविरल वर्षाले घर भत्किँदा पाल्पामा आज बिहान १० वर्षीया बालिकाको मृत्यु भएको छ।

तानसेन नगरपालिका–५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा १० वर्षीया छोरी नैनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। ढुंगा माटोले पुरिएको अवस्थामा उद्धार गरेर मिसन अस्पताल लगिएकी उनको उपचारको क्रममा मृत्यु भएको हो।

यसैबीच, वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग लगायत जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन्। राम्दीदेखि चिडियाखोलासम्म ठाउँठाउँमा पहिरो खसेको छ । दोभान प्रहरी चौकीका अनुसार सिद्धबाबा, पैठेडाँडा, हेडबक्स, झरना लगायतकाक स्थानमा पहिरो खसेको छ।

यस्तै, राजमार्गकै झुम्सा, पानीमिल, हिउँदेखोला, गिट्टी खानी लगायतका स्थानमा पहिरो खसेको छ। वर्षा रोकिएपछि पहिरो हटाउने प्रहरीले जनाएको छ। प्रहरीको अनुसार राजमार्गको पाल्पास्थित आर्यभन्ज्याङ–राम्दी सडकको पिपलडााडा राम्दी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

यसैगरी, कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाँडा–रामपुर सडकखण्डको भोवर क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्लाका ग्रामीण सडकमा पनि पहिरो खसेको र वर्षा रोकिएपछि खुलाउने स्थानीय तहले जनाएका छन्।

 

Sharing

प्रतिक्रिया दिनुहोस