• २०८३ मङ्सिर १४ गते आइतवार

दाङका सिडियो कुरुङ्बाङ आएको १२ घन्टा नबित्दै पत्रेखोलाको निरीक्षणमा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार १५, दाङ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सोमबार कार्यभार सम्हालेको अर्को मंगलबार दाङको घोराही तुल्सीपुर सडक खण्डको पत्रे खोलाले नागरिकमा निम्त्याएको समस्या बारेमा सम्पूर्ण सम्बन्धित निकाय सहित निरीक्षण गर्नुभएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङसंग दाङ एसपी नेपाली सेनाका कर्णेल राष्ट्रिय अनुसन्धान एसपी सडक डिभिजन प्रमुख, निर्माण व्यवसायी लगाएत सम्बन्धित निकायलाई लिएर पत्रे खोलाको जोखि बिषयमा जानकारी लिनुभएको छ कुरुङ्बाङलाई बिकाश प्रेम्री सिडियो भनेर धेरै जसो नागरिकले चीन गरेको पनि छ्न ।
खोलामा बन्दै गरेको पुल र सुरक्षित डाइभर्सन नहुदा निम्तीएको जोखिमलाई तत्काल समाधान गर्न उहाँले सडक कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । बर्षा याममा सवारीका साधन र यात्रुहरुलाई सहजैरुपमा आवतजावत गर्न सक्ने गरी तत्काल काम थालेर सुरक्षित बनाउन उहाँले निर्देशन दिनुभएको हो ।
बर्षौ देखी निर्माणाधिन पुल अहिले सम्म पनि बन्न नसक्दा बर्षाको भेलले आवतजावतमा अप्ठेरो पार्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस