• २०८३ बैशाख २० गते आइतवार

लक्षमणपुर बाधको सवाल सम्बोधनमा सरोकारवालाको प्रतिबद्धता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १५, बाँके । लक्ष्मणपुर बाधका कारण सृजना भएको बिपत ब्यवस्थापनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया सप्पन्न भएको छ। भारतको सर्वस्ती जिल्लाको ककर्धरी भन्ने ठाउमा बनेको लक्षमणपुर बाधले नेपालको बाके जिल्लाको तीन पालिकाहरुको हजारौं बिघा जमिन डुबानमा परेको फियानको क्षेत्रिय संयोजक सुरेस गौतमले बताउनुभयो। बाकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको दश हजार हेक्टर भन्दा बढी क्षेत्र डुवान हुनुका साथै कटान र पटान समेत भएको उहाले बताउनुभयो।
जस्ले गर्दा सो क्षेत्रको खेतीयोग्य जमिन सिमसार बन्दै गएकाले सरोकारवालाहरुले केन्द्रबाट नै त्यस तर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बाच्न पाउने अधिकारको आधार, खाद्य अधिकार भन्ने मुल नाराका साथ फियान नेपालले यसतर्फ आवाज उठाईरहेको भएपनी सरकारले त्यसतर्फ चासो नदेखाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग बाँकेका प्रमुख झकर बहादुर रावलले दुखेसो गर्नुभयो ।
सर्बोच्च अदालतले समेत सो क्षेत्रमा रहेका परिवारहरुको पुनरस्थापना र ब्यवस्थापन गर्न सरकारलाई आदेस दिएपनी सो कार्य नगरेको भन्दै उहाँले दुखेसो व्यक्त गर्नुभयो। बर्सेनि बर्सातको समयमा डुवानले लाखौको जनधन नै सखाप हुने भएकाले सुरुवात देखि नै पुर्ब तयारीमा लाग्नु पर्नेमा उहाले जोड दिनुभयो ।
लक्षमणपुर बाधका कारण खेतीयोग्य जमिन डुवान हुदा आफनै बारिमा खेतिपाती गर्ने समेत समस्या भएको स्थानीय मोलैया धोबिले बताउनुभयो ।
डुवान संगै कटान र पटान हुदा बस्ती नै जोखिममा पर्दै गएको बताउदै स्थानिय बाबुलाल पाण्डेले सो क्षेत्रमा रहेका ५ हजार पीडित परिवारको खाद्य र सगै आवास र रोजगारिको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । यश क्षेत्रको समस्या केन्द्र प्रदेस तथा स्थानीय सरकार सबैलाई थाहा हुदा हुँदै पनि कसैले पहल नगरेको प्रती उहाले दुखेसो गर्नुभयो ।
सो क्षेत्रबाट नै प्रदेससभा सदस्य बन्नु भएकी कृष्णा के.सि.ले लक्षमणपुर बाधका कारण आफू नै समस्यामा रहेको बताउनु भयो। बिकासको पुर्वाधार बाट शुन्यको अवस्थामा रहेको सो क्षेत्रमा भर्खरै मात्र बिकासका कार्यक्रम सुरु भएको बताउनुभयो । सो विषयमा आफुले पटक पटक ससदमा आवाज उठाउदा समेत केन्द्रिय सरकारले नहेरेको उहाले बताउनु भयो । सो समस्या समाधानका लागी केन्द्रबाट नै पहल नगरी समाधान नहुने भएकाले सबै सरोकारवालाहरुलाई सो बारे आवाज उठाउन उहाले आग्रह गर्नुभयो । डुवान क्षेत्रमा जैबिक बारहरु लगाउनुका साथै बर्सेनि बाढिबाट हुने क्षतिन्युनिकरण गर्न पुर्ब तयारिका साथ काम गर्दै आएको उहाले बताउनु भयो।

कर्यक्रममा तीनवटै पालिकाहरुको स्थानीय, फियानका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, खाद्य अधिकार संजाल उपोभोक्ता हित सरक्षण मंचका प्रतिनिधि, उच्च अदालत बार नेपालगन्जका प्रतिनिधि, नेपाल बार एसोसिएसनका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो। फियान नेपालको आयोजना र रास्ट्रीय मानव अधिकार आयोग बाँकेको सहकार्यमा भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस