जेठ १५, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले मैत्रीपूर्ण खेलमा इराकसँग प्रतिस्पर्धा गरिरहेको छ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा जारी खेलमा नेपालले इराकविरुद्ध २-१ को अग्रता बनाएको हो ।

खेलको सातौं मिनेटमा इराकका अला अब्दुला खासिनले फ्रिकिकमा गोल गर्दै इराकी टोलीलाई अग्रता दिलाए । तर, आठौं मिनेटमा इराकका डिफेन्डर अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेपछि खेल १-१ को स्थितिमा पुगेको थियो । २९ औं मिनेटमा डेब्यु खेलाडी मनिस डाँगीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाएका हुन् ।