जेष्ठ १५, कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी तीन अध्यादेश जारी गर्नुभएको छ । आजै बसेको मन्त्रिपरिषद्को बैठकले ती तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यी अध्यादेश जारी भएसँग आज अर्थमन्त्रीले बजेट सार्वजनिक गर्न मार्ग प्रशस्त भएको छ । अर्थमन्त्रीले केहीबेरमा सिंहदरबारमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
