• २०८३ बैशाख २८ गते सोमवार

बाँकेमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, बाँके । बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार गराइरहेका थप आठ जना कोरोना सङ्क्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । उनीहरुको मृत्यु गए राती देखि बिहीबार बिहान भित्र भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार गएराती ८ः५५ बजे नेपालगञ्ज १३ का ५८ वर्षीय पुरुष सङ्क्रमितको मेडिकल कलेजमा मृत्यु भएको थियो भने त्यसको ठीक ५ मिनेटपछि कोहलपुर ११ निवासी ४३ वर्षीया महिलाको पनि मेडिकल कलेजमै र नेपालगञ्ज ४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो ।

सोही प्रकारले नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराती १० बजे मृत्यु भएको तथा बर्दिया, बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको मेडिकल कलेजमा राती १ बजे मृत्यु भएको हो ।

यसैगरि नेपालगञ्ज ५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मेडिकल कलेजमा, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ वर्षीय पुरुषको बिहीबार बिहान ७ः५० बजे तथा खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका मात्रै १०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका १०९ जनाको मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस