चैत १६, काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय फुटबलअन्तर्गत फाइनल खेलको टिकटको मूल्य बढाएको छ । नेपाल र बंगलादेशबीच हुने उपाधि प्रतिस्पर्धाको टिकटको मूल्य बढाइएको हो । यसअघिका खेलमा भीआईपीतर्फ १५ सय र साधारणतर्फ ७०० रुपैयाँ रहेको प्रतिटिकटको मूल्य फाइनलमा भने बढाइएको हो ।
एन्फाका प्रवक्ता किरण राईका अनुसार फाइनल खेलका लागि भीआईपीतर्फ प्रतिटिकटको मूल्य दुई हजार र साधारणतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको हो ।