• २०८३ जेष्ठ २८ गते बिहिवार

बंगलादेशमा मोदीको विरोधमा उत्रिएका १३ जना मारिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६,एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन हुँदा मारिने सर्वसाधारणको संख्या १३ पुगेको छ । अतिवादी धार्मिक समूह हिफाजत ई ईस्लामले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा आइतबार थप दुुई जना मारिएका हुन् ।

बंगलादेशको ५० औं स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याइएपछि यो समूह आक्रोशित बनेको थियो । भारतमा मुस्लिम समुदायमाथि दमन गर्ने मोदीलाई प्रमुख अतिथीका रुपमा निम्त्याउनु गलत भएको भन्दै उसले सरकारको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शुक्रबार ५ र शनिबार ६ जनाको मृत्यु भएको थियो ।

१६ करोड ८० लाख जनसंख्या रहेको बंगलादेशमा पछिल्ला दिन धेरै स्थानमा निरन्तर प्रदर्शन भइरहेको छ र यसैक्रममा आइतबार १९ वर्ष र २३ वर्षका दुुई युवा प्रहरीको गोली लागेर मारिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस