• २०८३ बैशाख ९ गते बुधवार

मेलम्चीको पानी वितरण शुरु कहाँ कुन समय पानी (सूची सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत्र १६, काठमाडौँ। मेलम्चीको पानी घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो ।

आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ ।अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ । तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलले जनाएको छ ।

एयुुकेएलले प्राप्त हुने पानीलाई वितरण तालिका तयारी गरी दैनिक वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । केयुुकेएलले आइतबार महाँकाल चौरमा पत्रकार सम्मेलन गरी मेलम्ची आयोजना सम्पन्न गर्नका लागि योगदान गर्नुहुने, पूूर्वप्रधानमन्त्रीहरु, विभागिय मन्त्रीहरु, पूर्वप्रशासकहरु लगायत सम्पूूणलाई धन्यवाद प्रदान गरेको छ ।

मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुुकेएलले वितरण गर्ने छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३४ करोड लिटर पानीको माग छ । दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाका घरमा दैनिक ६ घण्टा पानी आउने छ । मेलम्चीको पानी वितरण सुरु भएपछि भूमीगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको छ ।

पानी वितरण शुरु कहाँ कुन समय पानी

 

 

Sharing

प्रतिक्रिया दिनुहोस