• २०८३ बैशाख २७ गते आइतवार

क्यानडा पठाईदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, कास्की । क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिसुवा बस्ने पर्वत मोदी गाउँपालिका-७ स्थायी घर भएका ३८ वर्षीय धिरज कुमार बिश्वकर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिश्वकर्माले आफू विगत लामो समयदेखि विदेश बसेको र युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने बिश्वास दिलाई ३३ जनालाई ठगेका थिए ।

उनले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि उनीहरुबाट रकम समेत लिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले बिश्वकर्मालाई पोखरा महानगरपालिका-१० रामबजारबाट पक्राउ गरेको हो । बिश्वकर्माले हालसम्म ३३ जना व्यक्तिहरुबाट नगद ९० लाख ७१ हजार ५ सय रुपैयाँ लिएको र उनीहरूलाई बिश्वासमा पार्न बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको अनुसन्धानबाट खुल्न आएको हो ।

बिश्वकर्मा उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जिबन श्रेष्ठले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस