• २०८३ बैशाख १४ गते सोमवार

चोरीमा संलग्न तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, झापा। इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले एक लाख ४८ हजार ६६५ रुपैयाँ र एक हजार ५०० भारुसमेत बरामद गरेको छ ।

अर्जुनधारा–५, लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो । गए राति उनले पसलबाट पैसा चोरी गरेको र सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

 

Sharing

प्रतिक्रिया दिनुहोस