पौष १३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप उपाधि विजेता नेपाली महिला टिमलाई बधाई दिएका छन् । “एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’मा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई,” प्रधानमन्त्री देउवाले सामाजिक संजालमार्फत भनेका छन् ।
नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो । मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ को स्कोरमा पारजित गरेको हो ।
नेपालले प्रतियोगितामा लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हो । दुई वर्षअघि बंगलादेशमै सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै उपाधि जितेको थियो ।