• २०८३ जेष्ठ ३१ गते आइतवार

तारजाली वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ११, त्रिशूली । विपद्ले पु¥यााएको जोखिम न्यूनीकरणको लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले दुई हजार तारजाली निःशुल्क वितरण गरेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि कार्यालयमार्फत जिल्लाको विभिन्न स्थानमा विपद्ले पु¥याएको क्षति रोक्न तथा थपक्षति हुन नदिन ती तारजाली वितरण गरिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागार्इंले जानकारी दिनुभयो । उहाँका अनुसार आपत्कालीन प्रयोजनको लागि प्राप्त रु ४५ लाखमा खरिद गरिएको तारजाली सम्बन्धित वडा वा पालिकाको सिफारिस र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत अनुमोदन गराइ तारजाली वितरण गरिएको हो ।

“विपद्ले पु¥याएको क्षतिको रङ्गिन तस्वीरसहित प्रहरीको मुचुल्का र वडा वा पालिकाको सिफारिसको आधारमा प्रशासनसँगको समन्वयमा विपद्ले पु¥याएको क्षति रोक्न आवश्यकताको आधारमा तारजाली वितरण गरिएको छ ।” उहाँले भन्नुभयो, “सिफारिसको आधारमा सम्बन्धित स्थानका लाभग्राही उपभोक्ताले जाली राख्न जग खनेको र भर्न ढुङ्गा तयार गरेको स्थलगत अनुगमनबाट सुनिश्चित गराई तारजाली उपलब्ध गराइएको हो ।”

कार्यालयले निःशुल्क उपलब्ध गराएको तारजालीको प्रयोग प्रभावकारी बनाउन ढुवानीदेखि भर्नको लागि आवश्यक सबै सामग्री सम्बन्धित लाभग्राहीले गर्नुपर्ने प्रावधान राखिएको छ । उपलब्ध गराइएको तारजाली कुलो संरक्षणको लागि ६१६ , व्यक्तिगत घर संरक्षणको लागि ७३७ , विद्यालय संरक्षणको लागि २७५, बस्ती संरक्षणको लागि १६५, खानेपानीको मुहान संरक्षणको लागि ६०, मन्दिर संरक्षणको लागि ५०, माछा पोखरी तथा कुखुरा फर्म संरक्षणको लागि ७० र नेपाली सेनाको ब्यारेक तथा तालिम केन्द्र संरक्षणको लागि ५० थान तारजाली उपलब्ध गराइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस