• २०८३ बैशाख ३१ गते बिहिवार

कोलकाताद्वारा दिल्ली क्यापिटल्स ३ विकेटले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

असोज १२, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट जित निकालेको छ । मंगबार सारझा क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्स माथि ३ विकेटको जित निकालेको हो ।

खेलमा दिल्ली क्यापिटल्सले दिएको १२८ रनको लक्ष्य कोलकाताले १८ ओभर २ बलमा ७ विकेट गुमाउँदै १३० रन बनायो । कोलकाताका लागि नितिस रानाले ३६ रनको योगदान गरे । त्यस्तै सुभमनगिलले ३० रन बनाउँदा सुनिल नारायनले २१ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि आभस खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अर्निच नोटरेज, रविचन्द्र आश्विन, ललित यादव र कगिसो रवाडाले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान रिषव पन्तले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै स्टिभ स्मिथले ३९ रन बनाउँदा शिखर धावनले २४ रनको योगदान गरे । लिङतर्फ कोलकाताका लागि सुनिल नारायण, लकि फग्युसन, भेन्कटे एैर र टिम साउथगेटले समान दुई–दुई विकेट लिए । त्यस्तै टिम साउथेले एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै कोलकाता नाइट राइडर्सले ११ खेलबाट १० अंक जोडेर तालिकाको चौथो स्थानमा आफूलाई स्थापित गरेको छ । पराजित दिल्ली ११ खेलबाट १६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस