• २०८२ असार ४ गते बुधवार

पर्यापर्यटनका माध्यमबाट पर्यटक आकर्षित गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिएको छ ।राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती ९स्मारक० यज्ञडोल ९जगडोल० सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको नेतृत्वमा ४४१ बिरुवा रोपिएको हो ।

गोल्डेन धूपी, आरु एवं विभिन्न जातका फूल गरी ४४१ बिरुवा स्मारक क्षेत्रमा रोपिएको छ । सो अवसरमा सचिव कोइरालाले सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरेर पर्यापर्यटन प्रवद्र्धन भएकामा खुसी व्यक्त गर्नुहुँदै यसको दिगो व्यवस्थापनमा काम हुनुपर्ने बताउनुभयो । शहीद, निजामती र घुन्सा स्मृति स्मारकसँगै पर्यापर्यटन प्रवद्र्धनका काम गर्न लागिएकाले सफल हुने उहाँको विश्वास थियो ।

कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी, समितिका अध्यक्ष सुदर्शन सिग्देल, जिल्ला समन्वय समिति काठमाडौँका सदस्य सान्नानी लामालगायतले सामुदायिक वनमा पर्यापर्यटनका माध्यमबाट पनि पर्यटक आकर्षित गर्न सकिनेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस