असोज १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले वर्तमान पााच दलीय गठबन्धनको सरकारले भ्रष्ट र निर्लज्ज राजनीतिका ज्वलन्त नमुना प्रस्तुत गरेको आरोप लगाउनुभएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याई एमाले तथाा जसपालाई फुटाएर आफ्नो सत्ता स्वार्थ पुरा गरेपछि पुनः औचित्य समाप्त भएपछि फिर्ता लिएर भ्रष्ट र निर्लज्ज राजनीतिका नमुना प्रस्तुत गरेको भन्दै अध्यक्ष थापाले कडा रुपमा आपत्ती जनाउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमुना । परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मतदिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता । यहि हो अग्रगमन, संविधान र लोकतान्त्रको रक्षा !