• २०८३ बैशाख १७ गते बिहिवार

राष्ट्रिय युवा संघ नेपालको महिला भेला सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं । उपत्यकामा रहेका राष्ट्रिय युवा संघ नेपालका महिला केन्द्रिय सदस्यहरुको भेेला सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपालको महिला विभाग प्रमुख उर्मिला सुनुवारको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । साउन २३ गते शनिवार हुने महिला भेलाको तयारी स्वरुप भेला भएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघको उपाध्यक्ष तथा महिला विभाग प्रमुख सुनुवारले महिला भेलालाई सफल बनाउन लाग्न सबैलाई अनुरोध गर्नु भएको थियो । भेलामा संघका अध्यक्ष किरण पौडेलले महिलाहरु शक्तिको प्रतिक भएकाले आफ्नो शक्ति पहिचान गरि संसार बदल्न लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष सहित महासचिव रमेश आचार्य, उपाध्यक्ष नेपृन्द्र महत, उपमहासचिव रामजि सापकोटा, सचिवहरु महाराज गुरुङ, प्रकाश गौतम, राजन थापा, संगिता अछामी, सुमित्रा बोगटी, सह कोषाध्यक्ष जय गुरुङ, राकेश लामा, आयोग अध्यक्ष रवि कार्की लगायत स्थायी कमिटी सदस्य, सचिवालय सदस्य तथा केन्द्रिय सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संघको सचिव सिता सुवेदीले गर्नु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस